धादिङको ससाहमा दुइ बिपरित दिशा बाट आएका बसहरु एक आपसमा ठोक्किएर दुर्घटना

कार्तिक – २४ । धादिङको कालुपाण्डे मार्ग अन्तरगत नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससाह कमेरे नजिकै दुई वटा बस एक आपसमा ठक्कर खादा १५ जना भन्दा बढी घाईते भएका छन्।धादिङबेसीबाट चितवन तर्फ जादै गरेको ना ५ ख ३२३५ नम्बरको बस र काठमाण्डौबाट धादिङबेसी आउदै गरेको ना ७ ख ५८२८ नम्बरको बस एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो। दुर्घटनामा परी दुवै बसमा सवार १५ जना भन्दा बढी घाईते भएका छन् । घाईतेहरुको धादिङबेसीको जिल्ला अस्पतालमा उपचार भईरहेको छ। घट्नाको विस्तृत विवरण आउन बाँकि छ। (source:dhadingsamchar)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here