ग्याँस सिलिन्डर विस्फोट हुँदा ४ जनाको मृत्यु

काठमाडौ । शुक्रबार साँझ ७ बजे ललितपुरको मंगलबजारमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ४ जनाको ज्यान गएको छ ।

मंगलबजारस्थित प्रहरी प्रभागका अनुसार ग्याँस सिलिन्डर विस्फोट हुँदा २ जना घाइते भएका छन्।

ग्यास सिलिन्डर विस्फोटमा परी घरधनी लक्ष्मीकृष्ण ताम्राकारसहित ४ जनाको ज्यान गएको बताइएको छ । घटनामा घाइते भएका २ जनाकाे नाम खुलिनसकेको बताइएको छ ।
खाना पकाइरहेका बेला सिलिन्डर पड्किएर घटना घटेको बताइएको । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here