शान्ति स्थापनार्थको निम्ति १ सय ६२ जना फौज शुक्रबार सिरिया प्रस्थान

काठमाडौ । शान्ति स्थापनार्थ सिरियामा खटिने नेपाली फौज फेरिएको छ । सेनानी सुनिल थापाको कमाण्डमा १ सय ६२ जना फौज शुक्रबार बिहान सिरिया प्रस्थान गरेको हो । अहिले गएको फौज सिरियामा तैनाथ फोर्स हेडक्वाटर सपोर्ट युनिट दशौं डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म पाँचौं डफ्फा,लेबल अस्पतालमा खटिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
कोरोना महामारीका बाबजुत संयुक्त राष्ट्रसंघले शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप नेपाली सेनाले सुरक्षा सतर्कता र कोभिड १९ को प्रोटोकल पालना गरी फौज खटाइएको नेपाली सेनाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here