निलकण्ठ – ८ मा तामाङ समाज संघको आयोजनामा चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न

धादिङ । निलकण्ठ नगरपालिका वडा न. ८ स्थित तामाङ समाज संघ द्वारा आयोजना गरिएको चियापान तथा भेटघाट कार्यक्रम सप्पन्न भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि पुर्व कानुन राज्य मन्त्री दिलमान पाख्रीन हुनुहुन्थ्यो, भने बिशिस्ट अतिथिमा निलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगाना , तिलक रुवाली, अतिथिहरुमा निलकण्ठ-८ का वडा अध्यक्ष गुण ब. थपलिया, सदस्य रमेश कोइराला र खनियाबास वडा न .१ का अध्यक्ष बुद्दि तामाङ , मर्चेन तामाङ, हरि चन्द्र तामाङ लगायत अन्य ब्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा तामाङ समाज सघंका अध्यक्ष अब्राहम तामाङले समाजको हक हितको कार्यमा अघि बड्ने प्रतिबद्धता गर्नु भयो ।

साथै नेपाली काङ्ग्रेसका लागि आफ्नो आफन्त जन र काकाहरु लोत्या तामाङ , बल बहादुर तामाङ , उर्चा ग्रोङले २०४८ सालमा गरेको योगदानलाई कदर नगरेको, बिर्सेको भनेर समेत गुनासो व्यक्त गरेका थिए । साथै मंचमा उपस्थित नेताहरुलाई पहिलेको इतिहास हेर्न समेत आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here