एकीकृत नेकपा समाजवादी धादिङकाे जिल्ला सदस्यमा भट्ट मनाेनित

एकीकृत नेकपा समाजवादी पार्टीमा ज्वालामुखी -३ मैदीका युवा नेता सुरेश भट्ट धादिङ जिल्ला पार्टी सदस्यमा मनोनीत हुनु भएकाे छ ।

slc पास पश्चात क्याम्पस पढ्न राजधानी काठमाडौ छिरेका भट्ट २०६० सालमा पशुपति क्याम्पसबाट अनेरास्ववियु मा सदस्यता लिइ २०६३ सालमा भएको स्वबियु चुनावमा पशुपति क्याम्पस काठमान्डाैबाट कार्य समितिमा निर्वाचित भएका थिए ।

२०६५ सालको अनेरास्ववियु चुनावमा अध्यक्षको लागि ३ मतले अध्यक्षमा पराजित भट्ट २०६४ सालमा एमाले पार्टी संघठित सदस्यता प्राप्त गरि,२०६४ सालमै अनेरास्ववियु धादिङ काठमाडौ पशुपति क्याम्पस सम्पर्क मन्चको अध्यक्ष भएर काम गर्दै पोखरामा भएको १९ औ सम्मेलनमा प्रतिनिधि भएर अहिलेको मन्त्री राम कुमारी झाक्रीलाई बिजय गराउनमा ठूलो भुमिका खेलेका भट्ट अहिले नेकपा फुटेपछी नेपाल कम्युनिस्ट पार्टी माओवादी र एमाले छुट्टाछुट्टै भएर छुटिए सङ्गै एमालेमा रहेका भट्ट माधव नेपाल निकट एकीकृत नेकपा समाजवादी पार्टी रोज्दै अहिले जिल्ला समिति धादिङको सदस्य पदमा मनाेनित हुनुभएको हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here