चरम भोगमरी एबं आर्थिक मन्दीमा परेको रास्ट्र अफगानिस्तानलाई चीनद्वारा सहयोग !

एजेन्सी । चीनले अफगानिस्तानलाई १० लाख डलर सहयोग गरेको छ । कतारको राजधानी दोहामा चीनसँगको उच्चस्तरीय छलफलपछि पछि चीनले सो रकम सहयोग गरेको हो ।
चीनले थप ५० लाख डलर बराबरको मानवीय सहयोग गर्ने पनि प्रतिबद्धता जनाएको छ । तालिवान प्रवत्ता जाबिहुल्ला मुजाहिदले चीनले प्रदान गरेको सहयोग औषधि, खाद्यान्नलगायत अत्यावेश्यक क्षेत्रमा परिचालन गरिने बताउनुभएको छ । तालिवानका उपप्रधानमन्त्री मुल्लाह बर्दार र चिनियाँ विदेशमन्त्री वाङ यीबीच दोहामा भएको दोस्रो बैठकपछि चीनले अफगानिस्तानलाई सहयोग गरेको हो ।
सो अवसरमा अफगानिस्तानको राजनीतिक तथा आर्थिक अवस्थाबारे छलफल भएको थियो । भेटका अवसरमा चिनियाँ विदेशमन्त्री वाङले तालिवानले अझै धेरै खुला र सहनशीलता प्रदर्शन गर्न जरुरी भएको बताउनुभएको थियो । चीनको सुरक्षा चासोबारे अफगान तालिवानले ठूलो महत्व दिएको बैठकपछि बरदारले बताउनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here