धादिङ नलाङमा डिआइ भ्यान दुर्घटना, ३ जना गम्भीर घाइते

कार्तिक – ३ । धादिङको सिद्धलेक गाउँपालिका नलाङमा यात्रु बोकेको डिआइ भ्यान दुर्घटना भएको छ । नलाङबाट काठमाडौँ जाँदै गरेको बा ५ च ९८३६ नम्बरको डिआइ भ्यान ठाँटी भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो ।

नलाङबाट करिब १५ जना यात्रु बोकेर आउँदै गरेको भ्यान सडकबाट करिब १० मिटर तल बारीमा खसेको प्रत्यक्ष दर्शीले बताए ।

दुर्घटनामा परि तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको नाम भने खुलेको छैन । गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने अन्य सामान्य घाइते भएकाहरुको जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here