प्रधानन्यायाधीशको कोटामा मन्त्री भएको भनेर प्रश्न उठेपछि हमाल द्वारा राजिनामा

असोज – २४ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कोटामा मन्त्री भएको भनेर प्रश्न उठेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

राजीनामा पत्रमा हमालले उक्त कुराको संकेत गरेका छन् । ‘​हाल विभिन्न सञ्‍चारमाध्यायमहरूमा सम्प्रेसित समाचार तथा कानुनविद्हरूले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेसित गरेको र यस्ता समाचारले आफ्नो वर्षौंसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरूबीच शक्ति पृथकिकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्यन भएको बोध भएको छ,’ उनले राजीनामा पत्रमा लेखेका छन्, ‘मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।’
राजीनामा पत्रमा हमालले लामो समय कांग्रेसमा रहेर काम गरेको तर अहिले अन्यत्र जोडेर प्रश्न उठेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘लामो समयदेखि कांग्रेसको विभिन्न पदहरूमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मूल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजीनामा पत्रमा लेखेका छन् ।

गैरसांसद हमाललाई प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्री नियुक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here