दसै लक्षित सामानहरु चिनको नाकामा रोकियो ; ब्यापारीहरु चिन्तित

    
 

असोज – २३ । चीनबाट ल्याइएका समान समयभित्रै नेपाली बजारमा ल्याउन नसक्दा उत्तरी सीमा नाकाप्रतिको ‘विश्वास नै उठ्न थालेको’ व्यवसायीहरूले बताएका छन्।

ल्हासास्थित महावाणिज्यदूतको कार्यालयले खासा र केरुङ नाकामा गरेर झन्डै दुई सय सामान भरिएका ट्रक नेपाल आउने पालो पर्खिरहेको बीबीसी न्यूज नेपाललाई बताएको छ।

तर अझै धेरै सामान चीनतर्फ गोदाममै रहेकाले त्यस्ता अड्किएको सामान थप कयौँ दर्जन कन्टेनरसरह हुने नेपाली व्यापारीहरूले बताएका छन्।

दशैँ लक्षित सामानहरू समयमै ल्याउनका लागि पहल गरिए पनि दैनिक एक दर्जन हाराहारीमा मात्र दुवै जसो नाकाबाट ट्रकहरू छुटेकाले धेरै सामानले अब दशैँ बजार भेट्न नपाउने बताइएको छ।