परमाणु ऊर्जाले चल्ने ‘अमेरिकी पनडुब्बी’ साउथ चाइना सी मा दुर्घटना

असोज – २२ । परमाणु ऊर्जाले चल्ने अमेरिकी पनडुब्बी साउथ चाइना सी- दक्षिण चीन सागरमा ‘अज्ञात वस्तु’सँग ठोक्किँदा एक दर्जनभन्दा बढी अमेरिकी नौसैनिक सामान्य घाइते भएका छन्।

यूएसएस कनेटिकट शनिवार एउटा वस्तुसँग ठोक्किँदा १५ नौसैनिकलाई सामान्य चोट पटक लागेको अमेरिकी अधिकारीहरूले जनाएका छन्।

उनीहरूले के कारणले सो दुर्घटना भयो भन्ने स्पष्ट नभएको बताएका छन्।

अमेरिकी नौसेनाका प्रवक्ताले सो पनडुब्बी अहिले गुआमस्थित अमेरिकी क्षेत्रतर्फ लागेको बताएका छन्।

“यूएसएस कनेटिकटमा परमाणु क्षेत्रलाई असर परेको छैन र त्यो पूर्ण सञ्चालनको अवस्थामा छ,” एक वक्तव्यमा ती नौसेना प्रवक्ताले भने।

उनले पनडुब्बीमा कति क्षति भयो भन्ने बारे अझै आकलन भइरहेको बताए। ( bbc )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here