नेपाली काँग्रेस नीलकण्ठमा धुर्व रिजाल र शम्भुसिहं ठकुरीकाे उम्मेदवारी घाेषण

नेपाली काँग्रेस धादिङको पालिका अधिवेशन भाेलि (असाेज ९ गते) हुने भएकाे छ । २ नगरपालिका सहित १३ वटा पालिका रहेकाे धादिङमा अधिवेशनले स्थानिय निकायकाे निर्वाचन कै राैनक देखिएकाे छ।
नेपाली काँग्रेस निलकण्ठ नगरपालीकामा २ प्यानलले उम्मेदवारी घाेषणा गरेका छन् । नेपाली काँग्रेस धादिङका नेता तथा पुर्व संसद रामनाथ अधिकारी प्यानलबाट सभापति पदमा धुर्व रिजाल र निलकण्ठ नगरपालीकाका मेयर भिम ढुङगाना प्यानलबाट शम्भुसिहं ठकुरीले उम्म्दवारी घाेषणा गरेका हुन् ।

जिल्लाभरबाट कांग्रेसको २ हजार १८२ जना प्रतिनीधिहरु चुनिएका छन् । सबै भन्दा बढी नीलकण्ठ नगरपालिकाबाट १७८ जना महिला र ३१० जना पुरुष गरि ४८८ जना प्रतिनीधिहरु चुनिएका छन् । भने सबै भन्दा कम नेत्रावती डवजोङ गाउँपालिकाबाट ३१ महिला र ६२ पुरुष सहित ९३ जना चुनिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here