धादिङको कारागारमा रहेका दुईजना बन्दीको कैद सजाय मिनाहा

धादिङ असोज-३
होराइजन संबादाता

धादिङको कारागारमा रहेका दुईजना बन्दीको कैद सजाय मिनाहा भएको छ ।छैठौं संविधान दिबसको अबसरमा सवारी ज्यान मुद्धामा कैद सजाय भोगिरहेका दुई जना पुरुषको सजाय मिनाह भएको कारागार धादिङले जानकारि दिएको छ ।


मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १ सय ५९ को प्रावधान अनुसार गत मंगलबार मन्त्रिपरिषद्ले सिफारिस गरेको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले धादिङका दुईजना सहित पाँच सय २३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय मिनाहा गरिएको छ ।

धादिङ कारागारमा हाल २७ महिला सहित ३ सय १८ जना कैदी र दुई जना आश्रित बालबालिका रहेको कारागार धादिङले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here