गङ्गाजमुना १ ताजिम्राङमा प्रयास तामाङको घरमा आगोलागी, अनुमानित ९ लाख ७९ हजारको क्षेती

धादिङ, भदौ-३० । मंगलबार राती ९ बजे खाना पकाउने क्रममा ग्यास लिग भै आगो सल्किएर गङ्गाजमुना गाउँपालिका १ ताजिम्राङका स्थानीय प्रयास तामाङको घरमा आगोलागी भएको छ ।

दार्खा प्रहरी चौकिको टोलिले हिजो राती नै घटना स्थलमा पुगि अनुसन्धान गर्दा अनुमानित ९ लाख ७९ हजारको चल अचल सम्पत्तिको क्षेती भएको पुष्ठि गरिएको हाम्रा सम्बादाता आशिष् तामाङले जानकारी गराए । यद्यपि कुनै किसिमको मानवीय क्षेती भने नभएको तामाङले बताए ।

उक्त आगोलागिले भुकम्प प्रतीरोधी एक घर जलेर पुरै क्षेती भएको छ भने घर भित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुडा लगाएत घरको माथिल्लो तलामा बुनेर बेच्न तयारी बनाई राखेको लाखौंको थुन्से, भकारी, डालोहरु समेत जलेर नस्ट भएको आशिष् तामाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here