झिगु नेवा समाज धादिङको आयोजनामा धादिङबेसिमा गाई जात्रा !

धादिङ , भदौ-२४ । मृतक आफन्तहरुको सम्झनामा गाइको स्वरुप बनाइ प्रसाद बितरण तथा शहर परिक्रमा गरेमा शान्ति मिल्छ भनेर आज भन्दा ३ सय बर्ष अघि देखि मनाउन थालिएको गाई जात्रा आज, धादिङ बेसिमा पनि झिगु; नेवा समाज धादिङको आयोजनामा मनाइएको छ ।

बिस्वब्यापी रुपमा फैलिएको कोरोनाको कारण मृतक आफन्तजनको फोटोहरु राखी सामुहिक रुपमा चिर शान्तिको कामना गर्दै विभिन्न किसिमका लाखे नाच, त्यसै गरि नेवारी समुदायको सास्कृतिक बाजा गाजा सहित धादिङ बेसिका नेवार समुदायले गाई जात्रा मनाइएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here