डाफें स्वास्थ्य आमा समूहलाई समाजसेवी शान्ता तामाङ द्वारा तामाङ ड्रेस वितरण

धादिङ, भदौ–२१, नेपाली कांग्रेसको युवा नेत्री समाजसेवी तथा नायिका शान्ता तामाङ द्वारा खनियाँवास गाउँपालिका वडा न. ३ बृचेत धादिङको डाफें स्वास्थ्य आमा समूहलाइ १०३ वटा तामाङ ड्रेस वितरण गरिएको हाम्रा सम्बादाता अनिस तामाङले बताए ।

नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेकी उनि निडर तथा स्पष्ट बक्ताको रुपमा परिचित छिन।
सुन्दर तन संगै पबित्र आत्मा भएकी समाजसेवी शान्ता कुमारी तामाङ सानै देखि मिलनसार, झुट नबोल्ने र सहयोगी भावाना भएकी उनि युवा पर्यटन ब्यबसायी पनि हुन्। आफ्नो ब्यापार ब्यबसाय संग संगै उनले समाजसेवामा पनि उत्तिकै समय निकालेर अनाथ अपाङ्ग बाल बालिकाहरु र बृद्ध वृद्धा हरुको सेवामा जुटी रहेकी छिन।

उनि भन्छिन भगवान खोज्न मन्दिरमा जानु पर्दैन भगवान आ-आफ्नो मन भित्र बसेका हुन्छन जुन व्यक्ति ले आफु संग भएर आफुले सक्ने जति, दुखि मान्छे, अनाथ अपाङ्ग बृद्ध वृद्धा, रोगि, पिडित बालबच्चा, महिला लाइ उदार मनले जे जस्तो तरिकाले भए नि सहयोग गर्छ त्यो मान्छे नै धर्मात्मा कहलिन्छ र उसले नै पुण्य कमाउछ तपाई संग सेवा सहयोग गर्न धेरै धन चाहिदैन तर मन भने ठुलो हुनु पर्छ सबै भन्दा ठुलो धर्म भनेको सेवा हो।
मिसेस नेपाल आइकन २०१५ कि फर्स्ट रनर अप समाजसेवी शान्ता तामाङ संयुक्त अपांग एकता आवाज केन्द्र संस्थाकि गुड विल एम्बासडर तथा सल्लाहकार समेत रहेकी छिन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here