रुबिभ्यालिका शिक्षकहरुको २ महिना देखि रोकिएको चौमासिक तलब निकासा

धादिङको उत्तरी क्षेत्रमा रहेको रुबिभ्याली गाउँपालिकाको अनुदान शिक्षकहरुलको, चौथो चौमासिक तलब २ महिना देखि रोकिएमा आज निकासा भएको छ ।

विभिन्न कारणले अनुदान शिक्षकहरुको तलब निकासा गर्न नमिल्ने भन्दै पालिका प्रसासकिय अधिकृत द्वारा आवस्यक कागजात सहित सम्पुर्ण डकुमेन्ट पालिकामा पेश गरे पछि मात्रै तलब निकासा हुने बताएका थिए ।

यसै बिषय साथै रिक्त रहेको दरबन्दी शिक्षा अधिकृत र प्रा.स.को तत्काल नियुक्त गर्नु पर्ने लगायत अन्य थुप्रै बिषयलाई समेटी रुबिभ्यालिका शिक्षकहरुले ध्यानाकर्षण गर्दै गाउँपालिका प्रसासकिय अधिकृत टङ्क बहादुर नेगिलाई ज्ञापनपत्र समेत बुझाए थिए ।

“दरबन्दी शिक्षकहरुले पाउने तर हामीले किन नपाउने, साथै बिगत यत्रो बर्ष सम्म सजिलै तलब मिल्ने अहिले चाहिँ किन नमिल्ने भन्दै अनुदान शिक्षकहरु आक्रोशित भएका थिए ।”

रुबिभ्यालिमा हाल शिक्षा अधिकृत र प्रा.स. को १/१ दरबन्दी भएता पनि बिगत केही महिना देखि उक्त दरबन्दीहरु रिक्त रहेकोले प्रसासनिक कामकाजमा असहज भएको स्थानीय शिक्षकहरु बताउनु हुन्छ ।

धादिङका धेरै जसो विद्यालय खोलिए पनि कोभिडको कारण रुबिभ्यालिमा भने विद्यालयहरु अझै बन्द नै रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here