धादिङ – निलकण्ठ नगरपालिका धादिङका सल्लाहाकार दिपक कोईरालाले अस्पताल परिसर भित्र पत्रकार सम्मेलन गर्ने भएको छ ।
धादिङ अस्पतालले बिना गल्ती आफू विरुद्ध प्रेस विज्ञप्ति निकालेको भन्दै सत्यतथ्य पत्ता लगाउन आफुले पत्रकार सम्मेलन गर्न लागिएको कोइरालाले बताउनु भयो । उहाँले भन्नू भयो गत भदौ १४ गते ज्वालामुखि गाउँपालिका वडा न ५ खरिबाट धादिङबेसि आउदै गरेको बा ३ ख ५६२३ नम्बरको आईचर ट्रक निलकण्ठ नगरपालिका वडा न ८ मा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा ३५ जना घाईते भएको र धादिङ अस्पतालमा विरामी आइपुग्दा समेत डाक्टर, नर्स थिएन । घाइते बिरामीहरु उपचार नपाएर भुइँमा लडिरह्दा सम्म डाक्टर आउन सकेन । मैले अध्यक्षलाई फोन गरेको हु । तर अस्पतालले विभिन्न बहान गरेर मेरो विरुद्ध प्रेस विज्ञप्ति निकालेछ । यदि मेरो गल्ती छ भने मलाई कालो मोसो दलोस, नत्र अस्पतालको मेसु र अध्यक्षलाई मोसो दलोस बजार घुमाउने कोइरालाले बताउनु भयो । भदौ १४ गतेको दुर्घटनाको बिषयलाई लिएर अस्पतारको बारेमा गरिएको भ्रामक प्रचार विरुद्ध जिल्ला अस्पताल धादिङले भदौ १६ गते एक प्रेस विज्ञप्ति निकालेको थियो ।