सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा शनिवार अचानक बाढी आएपछि राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले सो क्षेत्रको हवाई निरीक्षण गरेको छ । विज्ञ टोली सहित हवाई निरीक्षणबाट फर्केपछि प्राधिकरणले पत्रकार सम्मेलन गरेर पाँचपोखरी थाङपाल, हेलम्बु र मेलम्ची क्षेत्रमा दुई महिना अझै जोखिम रहेको जानकारी दिएको छ । स्थानीय जनप्रतिनिधि र विज्ञ सहित प्राधिकरणको टिमले आइतबार मेलम्ची खोलाको मुहानसम्म निरीक्षण गरेको थियो ।