मानुषी लघुवित्तको आईपिओ बाँडफाँड आज हुने, कति जनाले पाउने भए त ?

भदौ-६, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपिओ बाँडफाँड आज मिति २०७८।०५।६ गते आईतवार हुने भएको छ । धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक रहेको यस.बि.आई. मचेन्ट एण्ड बैंकिङ्गका अनुसार प्रि–अलोटमेन्ट भैसकेको र सम्भव भएसम्म आज आईतवार आईपिओको रिजल्ट निस्कने छ ।
सदा झै यस पटकको आईपिओको रिजल्ट यदि आज आईतवार निस्किएमा, निष्काशनको समयमै अनलाईनबाट हेर्न केही कठीनाई भएपनि बेलुका २ बजे पश्चात भने रिजल्ट हेर्न सहज हुनेछ । आईपिओको निष्काशन रिजल्ट www.iporesult.cdsc.com.np, यस.बि.आई. मचेन्ट एण्ड बैंकिङ्गको वेभसाईट तथा स्वयं मानषी लघुवित्तको अफिसियर वेभसाईट मार्फत हेर्न सकिने छ ।

लघुवित्तको जारी पुँजी रु. १०,९३,७५,०००।– को ३६ प्रतिशतले हुन आउने रु.३,९३,७५,०००।– रकम बरावरको प्रति शेयर रु.१००।– अंकितका दरका जम्मा ३,९३,७५० कित्ता शेयर निष्काशन गर्न लागिएको हो । जसमा कर्मचारीहरुलाई ०.५ प्रतिशतले हुन आउने ५४६७ कित्ता शेयर छुट्टाईएको छ ।

त्यस्तै ५ प्रतिशतले हुन आउने १९,६८८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाईएको छ भने बाँकी ३,६८,५९३ कित्ता शेयर सर्वसाधारणको लागि बिक्रि निष्काशन गरिएको हो । जुन आज रिजल्ट निष्काशन हुदैछ । आवेदनकर्ताहरु मध्ये ३६८५९३ जनाले १० कित्ता हात पार्नेछन् ।

लघुवित्तको लेखापरिक्षणलाई अध्ययन गर्दा प्रति शेयर आम्दानी रु.१०.०२ रहेको छ । प्रति नेटवर्थ भने रु. १३०.९४ छ । त्यस्तै संचित नाफा भने १४,७५५,००० रहेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here