अन्तत् एमाले विभाजित : नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी), खुल्ला किताब चुनाव चिन्ह

लामाे समय देखि बिबाद हुँदै अाएकाे नेकपा एमाले माधव पक्षले नेकपा एमाले (समाजवादी) नाम राख्दै नेकपा एमाले अाैपचारिक रूपमा विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ ।

पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चाैधरीले जानकारी दिए। ‘निर्वाचन आयाेगले दर्ता गरेको छ। अब प्रक्रिया अगाडि बढेको छ,’ उनले भने।

दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो । साेही अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेसंगै एमाले नेता नेपाल ले नयाँ दल दर्ता गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here