नेपालमा २ हजार ६१६ कोरोना संक्रमित थपिए, १ हजार ८८५ संक्रमणमुक्त, थप ३० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६१६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा १० हजार ९०७ पीसीआर परीक्षणमा देशभर  २ हजार ६१६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । यस्तै एन्टिजेन विधिबाट ५ हजार ७४९ परीक्षणमा ८६५ जनामा संक्रमण पुष्टि भएको छ । 

पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ६५६ नमुना परीक्षणबाट ३ हजार ४८१ जनामा संक्रमण देखिएको छ ।
पीसीआर परीक्षणबाट नेपालमा कोरोना पुष्टि हुनेको संख्या ७ लाख २३ हजार २९६ पुगेको छ ।
२४ घण्टामा थप १ हजार ८८५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ६ लाख ७५ हजार ८३ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार १८० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here