धादिङ किरान्चोकका एक बालक खोलामा डुबेर बेपत्ता

गजुरी गाउँपालिका वडा नं. ८ किरान्चोकका एक बालक खोलामा डुबेर बेपत्ता भएका छन् । स्थानीय बेल्खु खोलामा डुबेर सोही ठाउँका १३ वर्षीय धिरज ढुङ्गाना बेपत्ता भएका हुन् ।
मंगलबार बिहान ११ बजेको समयमा खाना खाएर बेल्खु खोलामा पौडी खेल्न गएका ढुङ्गाना पौडी खेल्ने क्रममा खोलामा डुबेको प्रत्यक्षदर्शी उनका आफ्नै दाजु नवीन ढुङ्गानाले जानकारी दिनुभयो ।

उनको खोजी कार्य भैरहेको भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here