जापानले उपलब्ध गराएको १६ लाख डोज एस्ट्राजेनेका खोप आइतबारसम्म काठमाडौं आइपुग्ने

जापान सरकारले नेपाललाई दिने भनेको झण्डै १६ लाख डोज कोभिड १९ विरुद्धको खोप शनिबार काठमाडौ आइपुग्ने भएको छ ।

जापानले पठाउन लागेको एस्ट्राजेनिका खोप यस पटक दुई चरणमा गरी काठमाडौँ आइपुग्ने भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । झण्डै १६ लाख डोजमध्ये आधा खोप शनिबार र आइतबार काठमाडौं पठाउने जानकारी नेपालस्थित जापानी राजदूतावासले गराएको छ । यो खोप कोभिशील्डको पहिलो मात्रा लगाएका १३ लाख ४८ हजार ज्येष्ठ नागरिकलाई तीन दिनभित्र वितरण गरिने बताइएको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप प्राप्त भएको तीन दिनभित्र दोस्रो डोज कोभिशील्डको प्रतिक्षामा रहेका ज्येष्ठ नागरिकलाई तीन दिनभित्र खोप वितरण गरिने प्रतिवद्धता हालै सार्वजनिक गरिसकेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here