मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । लुम्‍बिनीमा यसअघि पनि विपक्षीले मुख्‍यमन्‍त्री पोखरेलविरुद्ध अविश्वास प्रस्‍ताव दर्ता गराएको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ । यसअघि साउन १८ गते एमाले नेतृत्वको वर्तमान सरकारको वैधानिकता नरहेको भन्दै विपक्षी गठबन्धनका ४१ जना सांसदले नयाँ सरकार गठनको माग गर्दै हस्ताक्षर बुझाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here