सवारी भाडावृद्धी तत्काल फिर्ता लिनुपर्ने माग सहित प्रधानमन्त्रीसहितका कार्यालयलाई ज्ञापनपत्र पेस

अत्तरीया–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का अध्यक्ष हरी कृष्ण गजुरेलले सवारी भाडादरमा भएको बृद्धी तत्काल सरकारले फिर्ता लिनुपर्ने माग राखेका छन्। प्रधानमन्त्री शेरवहादुर देउवा सरकारले हालसालै मालवाहक सवारीमा २८ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २६ प्रतिशत र पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २० प्रतिशत भाडा बृद्धी गरेको छ।

बिहिबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले विज्ञप्ति जारी गर्दे उक्त भाडा बृद्धी फिर्ता गरी वैज्ञानिक भाडादर कायम गरीन माग गरेको छ। अध्यक्ष गजुरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा विद्यार्थीहरुले छोटो र लामोदुरीमा चल्ने सार्वजनिक यातायातमा पाउने ४५ प्रतिशत सवारी भाडा छुटलाई कडाईका साथ लागु गरीनुपर्ने, जेष्ठ नागरीक, घाईते, अशक्तलगायतलाई छोटो तथा लामोदुरीमा चल्ने सार्वजनिक यातायातमा नेपाल सरकारले निर्णय गरे अनुरुप पाउने छुटलाई कडाईका साथ लागु गरीनुपर्ने र छोटो तथा लामोदुरीमा चल्ने सवारीसाधनहरुमा अनुगमनलाई कडाई गरी मापदण्ड विपरीत सञ्चालित सवारी साधन र सम्बन्धीत पक्षलाई कडाईका साथ कार्वाही गरीनुपर्ने सम्बन्धीत निकायहरुसँग माग राखीएको छ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का अध्यक्ष हरी कृष्ण गजुरेलले उक्त माग सहित प्रधानमन्त्री तथा मन्त्रिपरीषद्को कार्यालय, भौतीक पुर्वाधार तथा यातायात मन्त्रालय, सातै ओटै प्रदेशका मुख्यमन्त्री र यातायात व्यवस्था विभाग मिनभवन काठमाडौंलाई ज्ञापन पत्र पेस गरीएको जानकारी दिए। उक्त माग अबिलम्ब सम्बोधन नभए कडा भन्दा कडा आन्दोलनमा उत्रने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले चेतावनी समेत दिएको छ।

No photo description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here