अछाममा मदिरामा लट्ठ वडाध्यक्षले महिलामाथि गरे दुर्व्यवहार, प्रहरी कार्यालयमा छलफल हुँदै

अत्तरिया–अछाममा होटेल सञ्चालक महिलामाथि हातपातको प्रयास गरेको भन्दै वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्लाको पञ्चदेवल विनायक नगरपालिका –८ का वडा अध्यक्ष तारा प्रसाद खनाललाई आज अछाम प्रहरीले नियन्त्रणमा लिइएको जनाएको हो।

वडा अध्यक्ष खनालले गए राती वडा नम्बर ३ स्थित कलसा कु.शाहीको होटेलमा गई मदिरा सेवन गरी शाहीमाथि दुर्व्यवहारको गरेको उजुरीका आधारमा नियन्त्रणमा लिइएको अछाम प्रहरीले जनाएको छ। मदिरामा लट्ठ वडा अध्यक्ष खनालले ती महिलामाथि हातपात तथा गालीगलौज गरेको आरोप लागेको छ। प्रहरी कार्यालयमा अहिले छलफल चलिरहेको अछाम प्रहरीले जानकारी दिएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here