बैतडीमा शहिद दशरथचन्दको ११९औं जन्मजयन्ती मनाइयो

बैतडीमा शहिद दशरथ चन्दको ११९औं जन्मजयन्ती मनाइएको छ। शहिद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा चन्दको जन्मजयन्ती मनाइएको हो।
कोरोना भाइरसको महामारीका कारण अन्य कार्यक्रम गर्न नसकिएपनि शहिद दशरथचन्दको शालिकमा माल्यार्पण गरिएको उनले बताए। शहीद दशरथचन्दको जन्मघर बस्कोट र गढीमा रहेको शहीद चन्दको शालिकामा माल्पार्पण गरिएको हो।

तत्कालिन जहाँनीया राणा शासनको अन्त्यका लागि आफ्नो जीवन बलिदान गर्ने मध्ये चार जना शहिदमा दशरथ चन्द पनि एक हुन्।
शहिद दशरथ चन्दको जन्म विसं. १९६० असार १७ गते बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भएको थियो।

दशरथ चन्द र गंगालाल श्रेष्ठ एउटै जेलमा परेका थिए। तत्कालीन राणा सरकारले विस १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here