अन्तरास्ट्रिय खबर । अमेरिकाले कोभिड–१९ महामारीको समयमा उडान रद्द वा परिवर्तनबाट प्रभावित अमेरिकी यात्रुहरूलाई टिकटको पैसा फिर्ता गर्न ढिलाइ गरेकोमा एयर इन्डियालाई १४ लाख डलरको जरिवाना लगाएको छ ।
अमेरिकी यातायात विभागले सोमबार दिएको जानकारी अनुसार टाटाको स्वामित्वमा रहेको एयर इन्डियाको ६ वटा एयरलाइन्समा समावेश छ जसले यात्रीलाई रिफन्डको रुपमा कुल ६० करोड डलर फिर्ता गर्न निर्देशन दिएको छ ।
एयर इन्डियालाई पनि १२.१५ करोड डलर फिर्ता गर्न भनिएको छ ।
अधिकारीहरूका अनुसार एयर इन्डियाका यात्रुहरूको ‘अनुरोधमा फिर्ता’ को प्रावधान अमेरिकी यातायात विभागको नीतिहरू भन्दा फरक छ ।
अमेरिकी सरकारका नियम अनुसार, एयरलाइन्सहरूले उडान रद्द वा परिवर्तनको मामलामा यात्रुहरूको टिकटको पैसा कानुनी रूपमा फिर्ता गर्न आवश्यक छ ।
विभागीय छानबिनमा एयर इन्डियाले आधाभन्दा बढी रकम फिर्ता आवेदनहरू प्रशोधन गर्न १०० दिनभन्दा बढी समय लिएको पाइयो ।
रिफन्डमा ढिलाईको यो मामिला टाटा समूहको एयर इन्डियाको अधिग्रहण गर्नु अघिको हो ।