काठमडौँ । नेपालमा हालसम्म ५० बन्दा बढी जिल्लाहरुमा स्क्रब टाइफसका बिरामी रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन २०२२ को सुरुवातिमा देखिएको स्क्रब टाइफस अहिले ५० बढी जिल्लाहरुमा फैलिएको हो ।
सन् २०२२ सुरु भएदेखि आजसम्म दुई हजार ४२३ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । महाशाखाका अनुसार स्क्रब टाइफस सबैभन्दा बढी बैतडीमा २ सय १० जनामा देखिएको छ ।
यसै गरी, डडेल्धुरामा १ सय ५७, कन्चनपुरमा १ सय ३४, पाल्पामा १ सय १३, संखुवासभामा १ सय १, चितवनमा ८४ र काठमाडौंमा ४४ जनामा पुष्टि भएको छ ।
हरेक वर्ष यो मौसममा स्क्रब टाइफसका बिरामी देखिने गर्दछन् । गत वर्ष ५० भन्दा बढी जिल्लाबाट १७ सय ७३ जनामा स्क्रब टाइफस पुष्टि भएको हो ।