सुरू भयाे देशभर मनाेनयन दर्ता: २५ जना भन्दा बढी सहभागी हुन नपाइने

काठमाडौ । देशभर एकैसाथ मनोनयन दर्ता सुरु भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता सुरु भएको हो ।
प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३ सय ३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने आयोगले जारी गरेको आचारसंहितामा रहेको छ।
सत्ता गठबन्धन र विपक्षी गठबन्धन गरी निर्वाचनमा भाग लिएका छन् । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, राष्ट्रिय जनमोर्चा र लोसपा रहेका छन् । यस्तै विपक्षी गठबन्धनमा नेकपा एमाले, जसपा, राप्रपा, राप्रपा नेपाल र कांग्रेस बिपी रहेकाछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here