विश्व घटना । आज सन् २०२२ को सेप्टेम्वर २८। प्रस्तुत छ इतिहासमा आज भएका सामाजिक तथा राजनीतिक घटनाक्रम
स्पेस एक्स अन्तरिक्षमा
सन् २००८ मा पहिलो निजी पहिलो निजी समर्थन र वित्त पोषित अन्तरिक्ष यान स्पेस एक्स चौथो प्रयासमा अन्तरिक्षमा पठाइएको थियो ।
ओस्लो सम्झौता
सन् १९९५ मा इजरायल र पीएलओबीच ओस्लाको दोस्रो सम्झौतामा हस्ताक्षर भएको थियो । तावा सम्झौतासमेत भनिने सो सम्झौताले गाजा र वेस्ट वैंकलाई तीन ओटा क्षेत्रमा विभाजन गरि यी क्षेत्रमा प्यालेस्टिनीको पहुँचमा सीमित नियन्त्रण दिइएको थियो । इजरायली प्रधानमन्त्री इत्ज्याक रविन र पीएलओ नेता यासेर आराफातबीच सम्झौता भएको थियो ।
संयुक्त अरब गणतन्त्रको विघटन
सन् १९६१ मा संयुक्त अरब गणतन्त्रको विघटन भएको थियो । दमास्कसमा भएको कु पछि उक्त विघटन भएको थियो ।
अमेरिकी वायु सेवाका चालकको उडान
सन् १९२४ को ६ अप्रिलमा विश्व उडान गर्ने उदेश्यले अमेरिकी वायु सेवाका चालकहरुको चार ओटा समूह वासिंगटनबाट उडेका थिए । सियाटल, शिकागो, बोस्टन र न्यु ओरलिन्स नाम गरेका चार ओटा जहाजमध्ये बोस्टन र सियाटलले तोकिएको २७ हजार पाँच सय माईल यात्र पुरा गर्न सकेनन् ।