कोरोनाको कारण थप ३ जनाको मृत्यु: ८६८ जनामा संक्रमण पुष्टि

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप ८६८ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कूल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको थियो ।

यस्तै सोही समयमा ३ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ४१४ निको भएका छन् भने नेपालमा हाल ५ हजार ८८५ सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा १ लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here