धादिङ । रुबीभ्याली गा.पा. वडा न. ५ र ६ को सिमानामा पर्ने भुम्ला खोलामा रहेको अत्यन्तै जोखिम युक्त झोलुङ्गे पुलको विकल्पमा नयाँ पुल निर्माण कार्य हालै सम्पन्न भएको अस्बिन तामाङले होराइजन खबरलाई बताए ।
१४० मिटर लम्बाई रहेको उक्त पुल निर्माण सम्पन्न भए सगै यहाँका ६/७ वटा गाउँका स्थानीयहरु, दर्जनौं विद्यार्थीहरुलाई आवतजावत गर्न सहज हुने भएको छ ।
२०७२ सालको भुकम्पले क्षती पुराएर जोखिम युक्त बनेको पुल हाल सम्म मर्मत तथा निर्माण हुन नसक्दा ८ बर्ष देखि जोखिम मोलेर नै स्थानीय आवतजावत गर्न बाध्य थिए । यो पुल बने सगै रुबीभ्याली ५ र ६ का मुख्य गरि कपुरगाउँ, रिचेत, लप्चेत, कुप्चेत, तिरका सर्ब साधारणलाई एबं नेबेर, लापा, खादिङका स्थानीयहरुलाई समेत सहज हुने स्थानीयहरु बताउन्छन ।
यो पुल विदेशी दातृनिकायहरु युकेएड र विश्व खाद्य संगठनको सहयोगमा म्याक डोनालमार्फत योजना सम्पन्न भएको हो । योजना सम्पन्न गर्नको लागि ज्वालामुखी कन्टक्सन धादिङले ठेक्का पाएको थियो ।
त्यस्तै यहि संस्थाहरुको सहयोगमा खनियावास गाउँपालिका वडा नं ४ र ५ जोड्ने दार्खा खोलामाथि झोलुङ्गे पुल र पैदल मार्गको निर्माण कार्य समेत सम्पन्न गरेको छ ।