धादिङमा ट्रकले अटोलाई ठक्कर दिंदा एकजनाको मृत्यु

जेठ – २१ । धादिङ जिल्लाको थांक्रे गाउँपालिका वडा नम्बर १ सिम्लेमा शनिबार विहान साढे ११ बजे ट्रकले अटोलाई ठक्कर दिंदा एकजनाको घटना स्थलमै मृत्यु भएको छ ।

काठमाण्डौं देखि गजुरी तर्फ जादै गरेको ना ६ ख १२७२ नम्बरको ट्रले विपरित दिशाबाट आउदै गरेको बागमती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटोलाई ठक्कर दिंदा अटो चालक बेलकोटगढी नगरपालिका बस्ने अन्दाजी ३०/३५ वर्षको कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ साथै ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here