काठमाडौ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ। बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँ बढेर ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको छ। बिहीबारका लागि चाँदीको मूल्य १२ सय ५५ रुपैयाँ प्रतितोला तोकिएको छ। बुधबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।