नेकपा एमालेले गा.पा प्रमुखमा युवा पुस्तालाई अगाडी सार्नु पर्छ : हरि सिं गुरुङ

हरि सिं गुरुङ खनियाबास- ४ साबिक दार्खाबाट जननिर्वाचित नेकपा एमालेका वडा अध्यक्ष हुन्, उनले अब आउने स्थानीय तहको निर्वाचनमा युवा पुस्तालाई अघि सार्नु पर्ने बताएका छन् ।

उनले भने, आगामी बैशाख ३० गते हुन् गइ रहेको स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले पार्टीले उनलाई खनियाबास गाउँ पालिका प्रमुख जिम्मेवार दिए भने उनले ग्रहण गर्ने हाम्रा सम्बादातासंग बताएका हुन् ।

युवा पुस्तालाई प्रथम प्राथमिकता दिने कुरामा दोहोर्‍याउदै  भने, युवा पुस्तालाई अगाडी सार्ने कुरामा हाम्रो पार्टी भित्र कुनै दुबिधा नभएको हुनाले  यसपालिको स्थानीय चुनावमा गा.पा अध्यक्ष युवा  उम्मेदवार नै आउने र, ऊनी आफै पनि युवा हुनुको नाता प्रमुखमा आउन तयार रहेको गुरुङले बताए छन ।

गुरुङले भने, हाम्रो पार्टीले युवा ,दलित ,महिला र पिछडिएका बर्गहरुको भावना समाबेश हुनेगरी सार्नेछ ,र यस निर्वाचनमा मलाई विस्वास यो छ कि हाम्रो पार्टीले युवा पुस्ताको भावनामालाई समाबेश हुने गरि उम्मेदवारको टुङ्गो लगाउने कुरामा आफु  बिस्वस्थ रहेको अध्यक्ष गुरुङले बताउनु भयो ।