धादिङ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी
आज केपी ओली निवास बालकोट पुगेर एमाले प्रवेश गरेका छन ।
उनलाई एमाले अध्यक्ष ओलीले माला लगाएर एमाले प्रवेश गराएका हुन् । उनलाई एमाले सांसद भूमि त्रिपाठीले बालकोट पुर्याएका थिए ।
आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको टिकट माओवादीले अर्कै व्यक्तिलाई दिने निर्णय गरे संगै उनले पार्टी परिबर्तन गरिएको उनी निकट एक माओवादी कार्यकर्ताले बताए ।