काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदबीच शिष्टाचार भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, पारस्परिक सहयोग, नेपाली कामदारको सुरक्षालगायत विषयमा छलफल भएको छ।
परराष्ट्रमन्त्री डा. नारायण खड्का र राष्ट्रपति विद्यादेवी भण्डारी भेटेर साउदी विदेशमन्त्री फैसल प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन्।
परराष्ट्रमन्त्री खड्कासँग उनले पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। उनी आजै स्वदेश फर्किने कार्यक्रम छ।