काठमाडौ । २०७५ सालमा काठमाडौं देखि धादिङ जाने क्रममा बस दुर्घटनामा परेका सुमन लंम्साल दाजुले सोचेका थिए भुकम्पको साहायता रकमबाट गाँउमै एउटा पक्की घर बनाँउछु भनेर तर एक्कासी सुमन दाईको सपनामा दैबको खेल भयो । उहाँ भन्नुहुन्छ,जिन्दगी को भर नै नहुने रहेछ । जिन्दगीको बारेमा आज प्रत्यक्ष देख्नुभयो, भोग्नुभयो, जिन्दगी को केयौं घटनाहरु, अरुलाई देख्दा थाहा नै नहुने रहेछ । जब उहाँलाई बज्रपात पर्यो । तब सुमन दाईले पनी जिन्दगी को बारेमा धेरै कुरा सोच्न थाल्नुभयो ।
काठमाडौं बाट धादिङ जाने क्रममा गल्छी पुग्नै लाग्दा बस एक्कासी सडकबाट १५० मिटर तल खस्यो । त्यहाँ हारगुहार रुवाबासी भयो । समयमै हस्पिटल त पुगियो, तर सुमन दाईको दुबै खुट्टा खत्तम भैसकेको थियो ।
३ महिनासम्म हस्पिटल बस्नुभयो । सुमन दाईले मनमा धेरै कुरा खेलाउन थाल्नुभयो र उहाँ दोधारमा पर्नुभयो ।
“जीवन अँध्यारो अँध्यारो भयो, सुमन दाईको तब पनी कहिल्यै दाईले जिन्दगी संग हार मानेनन् । शरिरको तल्लो भाग चल्दै चलेन तब पनी सुमन दाई आफैँ अपाङ्ग मैत्री स्कुटर चलाउनु हुन्छ, काठमाडौं देखी धादिङ सदरमुकाम हुँदै आफ्नै गाँउसम्म र पोखरा सम्म पनी जानुहुन्छ ।
सुन्दा पत्याउन सम्म गारो लाग्न सक्छ, सबैलाई उहाँले काठमाडौं को बनस्थली भृकुटीटोल नेर बस दुर्घटना पश्चात आफ्नै लगानीमा लक्ष्मी डाईक्लिनर्स संन्चालनमा ल्याउनुभएको छ ।
सुमन दाई आफैं काठमाडौं को विभिन्न घरघरमा पुग्छन् र फोहोर कपडा संकलन गरेर आफ्नै डाईक्लिनर्समा सफा गरी घर सम्म पुर्याईदिन्छन् । अहिले उहाँको डाईक्लिनर्समा ३ वटा लुगा धुने वासिन मेसिन र १ वटा कपडा सुकाउने अर्थात् ड्राई गर्ने मेसिन रहेको छ र यसै पेसाबाट सुमन दाईले आम्दानी गरिरहेका छन् । उहाँसंगै श्रीमती एक छोरा र एक छोरी साथमा छन् ।
वडा, नगर तथा प्रदेश सरकार ले आगामी दिनमा आफुलाई केही साहायता तथा अनुदान रकम उपलब्ध गराएमा अझै यस ब्याबसायलाई बृहत बनाई अरुलाई पनी आफुले रोजगारी दिन सक्ने सुमन दाई बताउनुहुन्छ ।
(लक्ष्मी डाईक्लिनर्स बनस्थली भृकुटीटोल,मोबाइल नं:- ९८४१-८५७२९४)