कर्णाली नदीमा यात्रुवाहक माइक्रो खस्यो

काठमाडौं । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुवाहक हाइस माइक्रो कर्णाली नदीमा खसेको छ। दुर्घटना दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत सांगेतरा क्षेत्रमा पर्ने कर्णाली राजमार्गमा भएको हो।

प्रहरीका अनुसार कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको माइक्रो सडकबाट करिब ४०० मिटर तल खसेर नदीमा डुबेको छ। गाडीका चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ निवासी अन्दाजी २८ वर्षीय तुलाराम सुवेदी रहेका छन्।

प्रारम्भिक जानकारीअनुसार गाडीमा चालकसहित पाँच जना सवार थिए। घटनास्थलबाट एक जना पुरुषलाई उद्धार गरी सडकतर्फ ल्याइएको छ भने अन्य सवारको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने थप विवरण आउन बाँकी छ।