काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज काठमाडौंमा एकता सन्देश सभा आयोजना गर्दैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १२ बजे सुरु हुने सभाको आयोजना बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय तथा विशेष प्रदेश कमिटीले गरेका हुन्।
सभाअघि काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित नेता तथा कार्यकर्ताहरू भृकुटीमण्डप पुग्ने कार्यक्रम छ। त्यसपछि हुने सभामा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।
सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपालसहित झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेताहरूले सम्बोधन गर्ने तयारी रहेको पार्टीले जनाएको छ।
गत कात्तिक १९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित विभिन्न १० घटक दल एकताबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो। पार्टी गठनपछि नेकपाले सातै प्रदेशमा एकता सन्देश सभा सम्पन्न गरिसकेको छ।
यसअघि सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, कोशी, कर्णाली र मधेस प्रदेशमा एकता सन्देश सभा आयोजना भइसकेको पार्टीले जनाएको छ।






