धादिङ–काठमाडौं सम्पर्क समन्वय समितिको पूर्ण बैठक सम्पन्न

धादिङ । नेपाली कम्युनिस्ट पार्टी धादिङ–काठमाडौं सम्पर्क समन्वय समितिको १३ वटै सम्पर्क समन्वय पालिकाहरूको सहभागितामा पूर्ण बैठक सम्पन्न भएको छ।

बैठकले आगामी ५ गते आयोजना हुने एकता सन्देश सभालाई भव्य रूपमा सफल बनाउने निर्णय गरेको छ। सभामा करिब ५ हजार जनाको सहभागिता सुनिश्चित गर्ने लक्ष्य तय गरिएको समितिका अध्यक्ष हरि शर्माले जानकारी दिनुभयो।

अध्यक्ष शर्माका अनुसार एकता, संगठन सुदृढीकरण र पार्टीगत एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सभाका लागि सम्पर्क समन्वय समितिहरूलाई आवश्यक जिम्मेवारी तोकिएको छ। बैठकमा सहभागिता व्यवस्थापन, प्रचार–प्रसार तथा संगठनात्मक समन्वयका विषयमा समेत छलफल गरिएको थियो।

पार्टी एकतालाई थप मजबुत बनाउने उद्देश्यसहित आयोजना हुने एकता सन्देश सभा सफल बनाउन सबै तहका नेता, कार्यकर्ता र समर्थकहरूलाई सक्रिय रूपमा लाग्न बैठकले आह्वान गरेको छ।