शेचेन करुणा संस्थाको सहयोगमा रुबीभ्यालीमा स्वास्थ्य शिविर सम्पन्न: ४६६ जना लाभान्वित

धादिङ । शेचेन करुणा संस्थाको आर्थिक सहयोग तथा रुबीभ्याली गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिकाका विभिन्न वडामा आयोजना गरिएको उक्त शिविरबाट कुल ४६६ जना सेवाग्राही लाभान्वित भएका छन् ।

स्वास्थ्य शिविर मंसिर २४ र २५ गते रुबीभ्याली गाउँपालिका–५ लापामा, मंसिर २६ गते वडा न. ६ खादिङमा तथा मंसिर २७ गते वडा न. ५ स्थित कपुरगाउँमा सञ्चालन गरिएको थियो।

शिविरमार्फत आँखा जाँच, निःशुल्क औषधि तथा चस्मा वितरण, हाडजोर्नी सम्बन्धी उपचार, महिला रोग सेवा, जनरल स्वास्थ्य जाँच, सुगर (मधुमेह) परीक्षणलगायतका सेवाहरू प्रदान गरिएको थियो।

शिविरबाट लाभान्वित हुनेहरूको संख्या अनुसार लापामा २९२ जना, खादिङमा ९२ जना र कपुरगाउँमा ८२ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्।

यसैबीच, शिविरका क्रममा पहिचान भएका मोतिबिन्दुका बिरामीहरूको उपचार तथा शल्यक्रिया पुस ६ गतेदेखि ९ गतेसम्म रुबी भ्याली गाउँपालिका–३ सेर्तुङमा सञ्चालन हुने विशेष स्वास्थ्य शिविरमार्फत गरिने संस्था जनाएको छ ।