काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण देशका केही प्रदेशमा आंशिक बदली देखिएको छ भने अधिकांश भू–भागमा मौसम सामान्य रूपमा सफा रहेको छ।
महाशाखाका अनुसार अहिले गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा आंशिक बदलीको अवस्था रहेको छ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ।
सोमबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना रहेको छ भने अन्य भू–भागमा मौसम सामान्य रूपमा सफा रहने पूर्वानुमान गरिएको छ।






