किस्पाङ युवा क्लबको ऐतिहासिक प्रवेश: पहिलोपटक राष्ट्रिय स्तरको लिगमा खेल्दै

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा हुन लागेको शहीद स्मारक C–क्वालिफाइ फुटबल लिगमा किस्पाङ गाउँपालिकाको प्रतिनिधित्व गर्दै किस्पाङ युवा क्लब पहिलोपटक सहभागी हुने भएको छ।

गाउँभित्र घरेलु खेलमार्फत उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीद्वारा छनोट गरिएको टोलीलाई किस्पाङ युवा क्लबले यस प्रतिष्ठित प्रतियोगितामा उतार्ने भएको हो। यससँगै किस्पाङको फुटबल इतिहासमा पहिलोपटक कुनै टोलीले राष्ट्रिय स्तरको लिगमा सहभागिता जनाउने अवसर मिलेको बिकल लामाले होराईजन खबरलाई जानकारी दिए ।

लिग अन्तर्गत किस्पाङ युवा क्लबले आउँदो मंगलबार बिहान ९:०० बजे ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भक्तपुर युवा टिमसँग पहिलो खेल खेल्नेछ।

काठमाडौंमा रहनुभएका समर्थकहरूले टिकट किन्नेर प्रत्यक्ष मैदानमै खेल हेर्न सक्नुहुनेछ भने भौतिक रूपमा उपस्थिति दिन नसक्नेहरूले एन्फा को आधिकारिक Youtube च्यानलबाट लाइभ अवलोकन गर्न सक्नेछन्।

समर्थन तथा सहयोगका लागि अपिल !
यदि तपाईं पनि खेलप्रेमी हुनुहुन्छ भने,
क्लबको मनोबल वृद्धि र स्थानीय फुटबलको विकासका लागि सम्भव सहयोग, उपस्थिती वा हौसला प्रदान गर्न अनुरोध गर्दछौँ।