धादिङ । “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल नाराका साथ धादिङ जिल्लामा नेपाल फुलकन्ट्याक कराते महासङ्घको जिल्ला समिति गठन गरिएको छ।
धादिङको खेलकुद विकास समितिको कार्यालयमा आयोजित विशेष कार्यक्रममा १३ सदस्यीय जिल्ला समिति गठन गरिएको हो। कार्यक्रमको संयोजन एवम् अध्यक्षता बागमती प्रदेशका धन बहादुर तामाङले गरेका थिए। प्रमुख अतिथि धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङ तथा विशेष अतिथि नेपाल फुलकन्ट्याक कराते महासङ्घका केन्द्रीय प्रतिनिधि राजिव खडका रहेका थिए।
नवगठित समिति यसप्रकार छ:
अध्यक्ष – सुमन अधिकारी
वरिष्ठ उपाध्यक्ष – नीर कमल थापा
उपाध्यक्ष – शिशिर तामाङ
सचिव – पवन मगर
सह-सचिव – सुप्रिया तामाङ
कोषाध्यक्ष – हरि कुमार श्रेष्ठ
सदस्यहरू – राम शरण विक, अभिषेक तामाङ, प्रणव धमला, अभियान त्रिपाठी, ध्रुव सापकोटा, शिशिर गुरुङ, र भीम बहादुर गुरुङ
समितिको गठन सर्वसम्मत (निरविरोध) रूपमा गरिएको हो। कार्यक्रममा बोल्दै वक्ताहरूले जिल्ला स्तरमा कराते तथा अन्य खेलकुद गतिविधि सशक्त बनाउन समिति मार्फत ठोस कार्यक्रम अगाडि सारिने विश्वास व्यक्त गरे।
कार्यक्रम सफल रुपमा सम्पन्न गरिएकोमा आयोजक तथा सहभागीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा जिल्ला स्तरीय तथा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जनाइएको छ।




























