रूबीभ्याली गाउँपालिका द्वारा सिडिओ सुमन घिमिरेलाई सम्मान सहित विदाइ

धादिङ । रूबीभ्याली गाउँपालिकाकाले धादिङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुमन घिमिरेलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मानपूर्वक विदाइ गरेका छन् ।
विदाइ समारोहमा गाउँपालिकाका अध्यक्ष रामसिङ तामाङ, उपाध्यक्ष फेलामा तामाङ, प्रमुख प्रशासकीय अधिकृत नविनकुमार गोले, पालिकाका जनप्रतिनिधि तथा कर्मचारीको उपस्थिति रहेको थियो । उक्त विदाइ कार्यक्रममा घिमिरेको कार्यकाललाई सफल र सकारात्मक योगदानले भरिएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले पदभार सम्हालेको अवधिमा जिल्लामा प्रशासनिक समन्वय, कानून सुव्यवस्था, विपद् व्यवस्थापन तथा विकास गतिविधिको सहज वातावरण बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । रूबीभ्यालीलगायत दुर्गम क्षेत्रका सरोकारवालासँग सहकार्य गर्दै जनचासोका विषयलाई प्राथमिकतामा राखेको भन्दै उनको प्रशंसा गरिएको थियो ।
उनको स्थानमा अब ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी धादिङमा जिम्मेवारी सम्हाल्न लागेका छन् । सुवेदी छिट्टै पदभार ग्रहण गर्ने बताइएको छ ।