नेत्रावती सामुदायिक क्याम्पस, खहरेमा नयाँ भर्ना खुला

धादिङ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, त्रिपुरासुन्दरी गाउँपालिका–७, खहरेमा आगामी शैक्षिक सत्र २०८२ का लागि नयाँ विद्यार्थी भर्ना खुला गरिएको छ।

क्याम्पसले चार वर्षे स्नातक तहको प्रथम वर्ष (B.Ed. र BBS) कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस अन्तर्गत शिक्षा संकायमा नेपाली, अंग्रेजी, अर्थशास्त्र र जनसङ्ख्या विषयमा अध्यापन हुने जनाएको छ। यस्तै व्यवस्थापन संकायमा बीबीएस कार्यक्रम उपलब्ध रहेको छ।

क्याम्पसले विद्यार्थीलाई शान्त वातावरणमा अनुभवी प्राध्यापकमार्फत अध्यापन गर्ने व्यवस्था मिलाएको छ। साथै कम्प्युटर ल्याब, Interactive Board, पुस्तकालय सुविधा, अतिरिक्त क्रियाकलाप, छात्रावास सुविधा र शिक्षक सेवा आयोग तथा लोक सेवा आयोग तयारी कक्षा निःशुल्क उपलब्ध हुने क्याम्पसले जनाएको छ।

विपन्न, दलित, जनजाति तथा सीमान्तकृत विद्यार्थीलाई भर्ना र मासिक शुल्कमा विशेष छुट दिने व्यवस्था गरिएको क्याम्पसले जनाएको छ।

भर्ना प्रक्रिया २०८२ साउन २२ गतेदेखि सुरु भई भदौ ८ गतेदेखि कक्षा सञ्चालन हुने क्याम्पस प्रशासनले जनाएको छ।

थप जानकारीका लागि ९८४९९४५६०९, ९८४९००८१२०, ९८५१३११७२५ वा ईमेल [email protected] मा सम्पर्क गर्न सकिनेछ।