रुवीभ्याली द्वारा ठेक्काको काम पुरा नगर्ने २ कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा

सेर्तुङ । रुवीभ्याली गाउँपालिकाद्वारा आ.व.०८०/०८१ को बजेट ठेक्काको काम मापदण्डअनुसार पुरा नगर्ने दुई  कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा पठाउने प्रस्ताव राखेको छ ।
सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकबाट निर्माणको जिम्मा लिएर समयमै काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बताए । “हामी पदमा बसेका जनप्रतिनिधिले बजेट सारा मन्त्रालय धाउँदै बजेट ल्याउने अनि ठेकेदार कम्पनीको लापरबाहीले बजेट कार्यन्वयनमा समस्या आएको कारण कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राखिएको अध्यक्ष तामाङले बताए ।”
निर्माण कम्पनीहरु एनएसएन कन्स्ट्रक्सन प्रा.लि. र चुरे गणेश हिमाल निर्माण सेवा प्रा.लि. लाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कारवाहीको लागि प्रस्ताव पठाउने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत नविन कुमार गोलेले बताए ।