जाडो मौसममा कस्ता खानेकुरा खाने ?

xr:d:DAFCzdK_Rec:6,j:27944127750,t:22060605

काठमाडौं । काठमाडौंसहित देशैभर चिसो बढेको छ। चिसो बढेसँगै स्वस्थ रहन खानपानमा विशेष ध्यान दिनुपर्दछ। चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउँदा स्वस्थ जीवन जिउन सकिन्छ।

खानपान र व्यायाममा ख्याल नगर्दा चिसो मौसममा शरीरमा पानी र क्यालोरी कम हुन्छ। यसले विभिन्न रोगको संक्रमण जोखिम रहन्छ।

चिसो मौसममा धेरैको बानी बिहान ढिला उठ्ने र एकैपटक खाना खाने हुन्छ। तर, त्यो स्वास्थ्यका लागि ठिक होइन। बिहान खाना खानुभन्दा अगाडी नै अण्डा, फलफूल, सलाद, ओट्स, ब्रेडस् र तातो दुध खाँदा स्वास्थलाई फाइदा पुग्छ।

हरियो सागपात

चिसो मौसममा तातो दाल, सुपसँगै हरियो सागपात र अचार खानुपर्छ। यी शक्तिवर्द्धक खाने कुरा भएकाले स्वास्थ्यलाई लाभ पुग्छ।

बेलुकाको खाना छिटो खाने

जाडो मौसममा राति जति छिटो खाना खाइन्छ त्यति नै शरीरलाई फाइदा गर्छ। दिउँसो खाने खाजाभन्दा रातिको खाना हल्का हुनुपर्छ। रातको खानामा खिचडी र सादा खानाको प्रयोग राम्रो हुन्छ। राति सुत्नुअघि कमसेकम तीन/चार घण्टा पहिले खाना खाइसक्नुपर्छ। जसले शरीरको पाचनशक्ति बलियो बनाउँछ।

सुत्‍नुअघि दूध सेवन

चिसो मौसममा सुत्नुभन्दा अघि तातो दूध खानु स्वास्थ्यका लागि राम्रो हुन्छ। तातो दूधमा वेसार वा अदुवा मिसाएर खानु अझै लाभदायी मानिन्छ।

व्यायाम

जाडोमा बिहानको समयमा दिँनहु व्यायाम गर्न सकिँदैन्। हप्तामा एकदिन व्यायाम गर्नुपर्छ। व्यायाम गर्दा एक्लैभन्दा पनि साथीसँगै हुँदा प्रोत्साहन मिल्छ र गाह्रो महसुस कम गर्न सकिन्छ।

भिटामिनको भरपुर प्रयोग

खानामा भिटामिन सिको मात्रा धेरै राखेमा चिसोबाट बच्नुका साथै रुघाखोकी लाग्दैन। भिटामिन डीको प्रयोगले हड्डीलाई बलियो बनाउने काम गर्छ। यसका साथै भिटामिन डीले भिटामिन ए, आइरन र क्याल्सियमको मात्रा पनि बढाउने काम गर्छ।